images
images
  • पर्साको मतदानस्थलमा सिसिटिभी क्यामेरा जडान गरिने

    काठमाडौं- पर्साको मतदानस्थलहरूमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा जडान गर्ने निर्णय भएको छ ।

    फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सबै मतदान स्थलमा सिसिटिभी जडान गर्ने निर्णय गरेको पर्सामा निर्वाचन गराउन खटिएका एसपी नरेश सुवेदीले बताएका छन् ।

    उनका अनुसार फागुन १७ गतेसम्म सबै मतदान स्थलमा सिसिटिभी जडान गरेर सकिनेछ ।

    गाउँपालिका, नगरपालिका र महानगरपालिकाले सिसिटिभी जडान गरिदिने र सुरक्षा निकायले मनिटर गर्ने सहमति भएको हो ।

    सिसिटिभी जडान भएपछि सम्बन्धित मतदान स्थलमा रहने कन्ट्रोल रुमबाट प्रहरी कर्मचारीले त्यहाँको गतिविधि निगरानी गर्नेछन् ।

    पर्सामा १६७ वटा मतदान स्थल र ४४१ वटा मतदान केन्द्र छन् ।

    पर्सा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images