images
images
  • पोखरिया अस्पतालाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं- सरकारले पर्साको पोखरिया अस्पतालाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।

    शुक्रबारको मन्त्रिपरिषदे बैठकले पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए।

    ‘पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० शय्या प्रदेश अस्पतालको रूपमा संचालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ,’ शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि मन्त्री पौडेलले फेसबुकमा लेखेका छन्, ‘पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा संचालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यस कार्यमा सघाउने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु।’

    पोखरिया अस्पताल हालः १५ शय्यामा सञ्चालनमा रहेको छ।

    यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना समावेश थियो। तर, कार्यान्वयन भएको थिएन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images