५ असार २०७८, शनिबार   |  June 19, 2021
advertisement of bishwo khabr
Tika Gurung

पानीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

पानीमा डुबेर एकै घरका दुई बालकको मृत्यु


महोत्तरी । महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो ।

खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n