images
images
  • सिन्धुपाल्चोकका किसानको गुनासो– चिस्यान केन्द्र नहुँदा सबै उत्पादन खेर गयो

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका किसानले चिस्यान केन्द्र नहुँदा सबै उत्पादन खेर गइरहेको  गुनासो गरेका छन् । जिल्लाको चौतारा नगरपालिकाका कृषक ऋषिराम बस्नेतले उक्त गुनासो गरेका हुन् । ”चिस्यान केन्द्र नहुँदा हामीले तरकारी तथा फलफूलहरु सस्तो मूल्यमा दिन परेको छ”, उनले भने, ”धेरै जस्तो उत्पादनहरु खेर गइरहेको छ जसले गर्दा म मात्र हैन सबै किसानहरु र्मकामा छौँ” ।

    सिन्धुपाल्चोकको चौतारा नगरपालिका, बलेफी, जुगल र सुनकोशी गाउँपालिकाका किसानलाई लक्षित गरी बनाउने भनिएको तीन वटा चिस्यान केन्द्रको निर्माण अलपत्र परेको छ । निर्माण भएको चिस्यान केन्द्र पनि प्रयोगमा आएको छैन् । चिस्यान सुविधाबाट बञ्चित हुँदा किसानले गरेको उत्पादनहरु खेर गइरहेको छ । किसानका उत्पादनहरु १२ महिना संकलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको कुबिण्डे र नौबिसेस्थित चिस्यान केन्द्र अलपत्र छ । कुविण्डे दुग्ध उत्पादन सहकारी संस्थालाई प्रदेशबाट ६ करोड लगानी गर्ने सहमतीपछि डिपिआर भएको थियो । सहमती अनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा वरीपरी पक्की वालहरु बनाएर अलपत्र छोडिएको छ ।

    कुविण्डे दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाका अनुसार बहुवर्षीय कार्यक्रम अन्र्तरगत यसको ठूलो स्वरुप हुन्छ । छिटोमा डेढ वर्षदेखि दुई वर्षसम्म सम्पन्न हुन्छ । यता चौतारामा श्री जागरुक कृषि सहकारी संस्था मार्फत बागमती प्रदेशको २५ लाख लागतमा चिस्यान केन्द्र भनेको एक वर्ष भयो । ५ हजार टन तरकारी र फलफूल अटाउने चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन् । समयमै सम्पन्न भएपनि प्रयोग गर्न नपाउदा किसान मर्कामा परेका छन् ।

    चौतारा नगरपालिकामा ३ वटा चिस्यान केन्द्र अलपत्र परेको छ । चिस्यान केन्द्र समयमा सम्पन्न नभएको कारण किसान मर्कामा परेका छन् । चिस्यान केन्द्र निर्माण रोकिएपछि सिन्धुपाल्चोकका किसान निराश छन् । किसानका उत्पादन खेर जान नदिन तत्काल चिस्यान केन्द्रको निर्माणमा पहल गर्न आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images