images
images
  • महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    महोत्तरी- महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

    उपचारको लागि अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थियो ।

    दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images