images
images
  • महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिँदा दुई बालिकाको मृत्यु, चालक फरार

    काठमाडौं- महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई जना बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यलय महोत्तरीका अनुसार मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए ।

    अचानक लडेर रोटाभेटरले टाउकोको भागमा काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेको, ट्याक्टर घटनास्थलमा नै रहेको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images