काठमाडौं- महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जलेश्वर नगरपालिका-७ मा अज्ञात समूहले उनीमाथि गएराति निर्घात कुटपिट भएको हो। घटना गए रातिको हो।
स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
हाल उनको जनकपुरमा उपचार भइरहेको छ।
आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी-प्रशासनमा खबर गरेको र आफूहरुले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















