images
images
  • ५४ अङ्क बढ्यो नेप्से , कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

    काठमाडौँ- साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ५४.५८ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २१९५ अङ्कमा पुगेको छ ।

    कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अङ्क घट्यो भने अरु सबै बढे ।

    बैङ्किङ ४०, विकास बैङ्क ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र व्यापार उपसमूह ७५ अङ्क बढे ।

    कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ ।

    एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको, आईएमई जनरल, प्रुडेन्सियलको मूल्य १० प्रतिशत बढ्यो ।

    त्यस्तै युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैङ्कको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images