images
images
  • ललितपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ललितपुर- ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो ।

    मोटरसाइकललाई ठक्कर दिएर जिपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images