images
images
  • नेपाल बैंकको डबल धमाका मुद्दती खाता

    काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २०दिनमा दुई गुणा हुने बैंकले जनाएको छ  ।  संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

    त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ६ लाख रुपैयासम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरेको छ । नेपालभरका सम्पूर्ण शाखाहरु मार्फत यो मुद्दती खाताखोल्न सकिने बैंकले जनाएको छ ।

    नेपालभर २१९ शाखाहरु, १८३ एटिम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरीआधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा, सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images