images
images
  • प्रतितोेला आठ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो ।

    बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ ।

    चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images