images
images
  • सुनको मूल्य घटयो, कति पुग्यो तोलाको ?

    काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

    सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ ।

    सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

    यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images