images
images
  • गायिका कल्पना दाहालले गरिन् ‘कोर्टम्यारिज’,को हुन् श्रीमान ?

    काठमाडौं- लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् । उनले हालै ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

    दाहालले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग कानुनी विवाह गरेकी हुन् । झापामा जन्मिएका आचार्य झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनको परिवार नै अमेरिकामा छ ।

    झापामा जन्मिएका आचार्य डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनको परिवार नै अमेरिकामा बस्दै आएको छ ।

    गायिका दाहाल र आचार्य केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । कल्पनाका पति सोमवार नै अमेरिका उडेका छन् ।

    सिन्धुपाल्चोक गृहजिल्ला भएकी गायिका दाहाल ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईंसँग दोहारी गाएपछि एकाएक चर्चित बनेकी थिइन् । उनी लाइभ दोहोरीमा पारंगत मानिन्छिन् ।

    दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित छन् । गायिका दाहालले आफू, गीतसंगीत र कलाकारितालाई बुझ्ने पति पाएकोमा खुशी व्यक्त गरेकी छन् । उनले अब केही समयपश्चात आफू पतिसँगै अमेरिका बस्ने संकेत गरेकी छन् ।

    श्रीमान अमेरिका उड्नुअघि दुईजनाले इन्द्रेणीमा दिएको एक अन्तवार्तामा दाहालले भनेकी छिन्, ‘विवाहलाई लिएर बुवाआमा खुशी हुनुहुन्छ । ज्वाई मन पराउनुभएको छ । अलि टाढा जाँदैछे भनेर पिर त लागिहाल्छ । तर, जहाँ भएपनि उहाँहरुलाई खुशी राख्नेछु ।’ गायिका दाहालले उक्त अन्तवार्तामा प्रक्रिया मिलाएर आफू केही समयपछि श्रीमानसँगै अमेरिकामा बस्ने संकेत गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images