काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निस्शुल्क उपचार दिने भएको छ ।
बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्