images
images
  • बुटवलको होटलमा मृत भेटिएकी सुदीक्षाका पूर्वप्रेमी एक सातापछि पक्राउ

    बुटवल- बुटवलको गोलपार्क स्थितएक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ बर्षिय सुदीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा पूर्वप्रेमी बुटवल उपमहानगरपालिका९ ३ का २० वर्षीय असीम श्रेष्ठ रहेका छन् । प्रेमी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    ७ दिनअघि (असार २५ गते शनिबार) १७ बर्षिय सुदीक्षा बुटवल गोलपार्क स्थित होटल पाल्पालीमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन । अघिल्लो रात एक युवकसँग आएकी गुरुङ विहान होटलमा झुन्डिएको अवस्थामा फेला परेपछि घटना रहस्मय भएको थियो । प्रहरीले समिक्षासँग होटलमा रात बिताएका प्रेमी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    यस्तै प्रहरीले प्रेमी असिमसँगै होटलका सञ्चालक ४३ बर्षिय रामप्रसाद अर्याललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए । असार (२५) गते शुक्रवार राति होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केको प्रहरीसँग बयान दिएका छन् ।

    शुक्रबार राति होटेलमा गएका दुवैजनामध्ये शनिबार बिहान श्रेष्ठले बिल तिरेर निस्केका थिए । होटेलमा यी दुई सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । एसइईपछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौं गएकी सुदीक्षा असार २३ गते बुटवल आइएकी थिइन् ।

    बुटवलको अमर पथमा पसल गर्ने प्रेमी श्रेष्ठसँग पहिल्यैदेखि सम्बन्ध रहेको प्रहरी बयानमै बताएका छन् । केही समयदेखि सम्पर्कविच्छेद भएका दुई जनाबीच असार २४ मा सदीक्षाले फोन गरेपछि भेटघाट भएको अनुसन्धानबाट खुल्न आएको छ । अमरपथमा पसल गर्ने श्रेष्ठ होटल पुग्नुअघि सदीक्षाले दाइ आउँदै हुनहुन्छ भन्दै कोठा बुक गरेको पनि प्रहरी अनुसन्धानले बताएको छ ।

    मृतकका बुबा सन्दीप गुरुङले होटेल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठलाई आत्मह त्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ । घटनाबारे प्रहरीले आवश्यक अनुसंन्धान अघि बढाएको जनाएकोे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images