images
images
  • सुर्खेतमा कांग्रेसले कोइराला समूहका ६०० बढी कार्यकर्तासँग स्पष्टीकरण सोधेपछि…

    सुर्खेत- नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ ।

    संस्थापन समूहले शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधेपछि कांग्रेसभित्र रडाको मच्चिएको छ ।

    ‘कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा हाम्रो समूहका अधिकांश साथीहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोधेको पाइएको छ’, सुर्खेत कांग्रेस संस्थापनइतर समूहका एक नेताले भने, ‘कहींकतै अन्तर्घात भएको हुनसक्छ । त्यस्ता स्थानमा भने स्पष्टीकरण सोध्नुपर्नेमा समग्र हाम्रो समूहलाई नै स्पष्टीकरण सोधिएको छ । हामी पार्टीको यो निर्णयको कडा प्रतिवाद गर्छौं ।’

    कांग्रेसका संस्थापनइतर समूहका अधिकांश नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै सामाजिक सञ्जालमा संस्थापन समूहका कार्यकर्ताले चर्को आलोचना गरेका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीभित्रको यो लडाइँले कांग्रेसलाई थप कमजोर बनाउने उनीहरुको भनाइ छ ।

    surkhet congress

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images