काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पेटोलियम पदार्थले चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि विज्ञहरुको कार्यदल गठन गरिने बताए । कार्यदलले रणनीति तय गर्नेछ ।
साथै आवश्यक छुट दिने कार्यक्रम तय गरिनेछ । त्यस्तै, पेटोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न चाहेमा ५ वर्षसम्म नविकरण र सडक मर्मत शुल्क छुट दिने व्यवस्था बजेटमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्