images
images
  • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने


    काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको छ ।

    शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवा प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।

    युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ । २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो ।

    थप एक सयलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न १ अर्ब बजेट प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images