images
images
  • ७८ वर्षीया वृद्धा पनि बलात्कारको सिकार

    जाजरकोट- जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ । गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images