
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार १ हजार ९१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८६७ जना, भक्तपुरमा १०५ र ललितपुरमा ११९ जना नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो केही दिनदेखि उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। शुक्रबार उपत्यकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ हजार ३ स २४ रहेको थियो।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८७ जना नयाँ कोरोना भाइरस संक्रमित देशभर थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्