images
images
  • नेपालमा थपिए ४ हजार ४८७ जना संक्रमित , ११६ जनाको मृत्यु


    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २३ घण्टामा ६ हजार ८० जना संक्रमित डिस्चार्ज भएका छन्।

    गत २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images