नेपाली गायन क्षेत्रमा भागीरथ चलाउने चर्चित नाम हो । उसो त उनका सबै जसो गीतलाई दर्शकले निकै रुचाउँछन् । विशेषगरि तीज गीत उनका बढि चर्चामा रहन्छन् ।
आजभन्दा करिब ६ वर्ष अगाडि “नरिसाउन कान्छु” बोलको तीज गीत निकै चर्चित थियोब् । अघिल्लो वर्षको “थोपडाले धोका दियो बरिलै” बोलको अर्को गीतले त निकै चर्चा कमायो । करिब ५० लाख दर्शकले यो गीत हेरेका छन् ।
यसैबिच केहि दिन अघिमात्र सार्वजनिक भएको “झमझम झम्काना” बोलको तीज गीतले पनि दर्शकको मन जितेको छ । यो गीत छोटो समयमै निकै चर्चित बन्न पुगेको छ । यो गीत सार्वजनिक भएको चार दिनमै युटुबको ट्रेडिङ नम्बर एकमा स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करिब १ लाखले टिकटकमा भिडियो पनि बनाएका छन् ।
“झमझम झम्काना” बोलको तीज गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् लय भने गायक चलाउनेकै रहेको छ ।
गीतलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाले अभिनय गरेका छन् ।
भिडियोः





















