images
images
  • पाँच तले घर भत्किँदा छ जना घाइते

    कालिकोट- कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् ।

    घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

    घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

    प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images