images
images
  • प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक

    काठमाडौं- गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ”परदेशी–२”को ‘टिजर’ सार्वजनिक भएको छ।

    नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो। फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन्। रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो।

    नारायणकै निर्देशनमा बनेको फिल्म ”परदेशी” व्यवसायिक रूपमा सफल भएको थियो।

    लोक संगीतको पृष्ठभूमिबाट आएका लेखक, निर्देशक तथा कलाकार भएकाले ”परदेशी २” का गीतमा पनि लोक तथा झ्याउरे ‘फ्लेवर’ आउने देखिन्छ।

    फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

    फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images