images
images
  • गायिका इन्दिरा जोशीलाई लाग्यो चोरीको आरोप

    काठमाडौं- गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।

    ‘पछ्यौरी’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् ।

    एक साताअघि सार्वजनिक ‘पछ्यौरी’ ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।

    गीतलाई लिएर आशावादी बनेकी इन्दिार अहिले भने तनाबमा रहेकी छन् । गीतमा इन्दिरा स्वयमले अभिनय गरेकी छन् भने उनलाई निराजनले साथ दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images