उज्वल थापाको परिवारलाई दुर्गा प्रसाईंले दिने भनेको सहयोग नचाहिने

उज्वल थापाको परिवारलाई दुर्गा प्रसाईंले दिने भनेको सहयोग नचाहिने

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ १५ गते शनिवार ०९:२४

काठमाडौँ ।  विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग रकम नचाहिने परिवारले जनाएको छ।  उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्यस्थिति अपडेट गर्दै विवेकशील...


काठमाडौँ ।  विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग रकम नचाहिने परिवारले जनाएको छ। 

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्यस्थिति अपडेट गर्दै विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले सद्भावको लागि प्रसाईंलाई धन्यवाद ज्ञापन गर्दै उनको सहयोग आवश्यक नपर्ने जानकारी गराएका हुन् ।

थापाको उपचारमा नेपाल तथा विदेशबाट सहयोग रकमले उपचार गरिरहेको र आगामी समयमा पनि त्यसरीनै उपचार खर्च जुटाउने भएकाले प्रसाईंको खर्च नलिने परिवारले जनाएको हो। 

हालसम्म थापाको उपचारको लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० जम्मा भएको जनाइएको छ।

थापाको स्वास्थय अवस्था जटिल बन्दै गएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ। फोक्सोमा गम्भीर असर देखिएपछि थापालाई एक्मो मेसिनको साहायतामा उपचार सुरु गरिएको हो।

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्यस्थिति अपडेट गर्दै विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले सद्भावको लागि प्रसाईंलाई धन्यवाद ज्ञापन गर्दै उनको सहयोग आवश्यक नपर्ने जानकारी गराएका हुन् ।

मिश्रले लेखेका छन्
उज्वल थापाको स्वास्थ्य स्थिति बारे अपडेटस्
दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँको सहयोग आवश्यक नपर्ने जानकारी।
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ ।
यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा भ्ऋःइ प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ।
यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।
सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।
उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

प्रकाशित मिति २०७८ जेठ १५ गते शनिवार ०९:२४
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia