images
images
  • मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो


    काठमाडौं । आज घोषणा हुन लागेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई बजेट स्वीकृत गरेर ३ वटा अध्यादेशराष्ट्रपति समक्ष पठाएको छ ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

    चौतर्फी विरोध भइरहेको भए पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गर्दैछ

    संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद बिघटन पछि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images