images
images
  • एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय सचिव न्यौपाने साउथ चाइनाका लागि चेम्बर अफ कमर्सको प्रतिनिधि नियुक्त

    काठमाडौं- उदीयमान युवा व्यवसायी एवं एनआरएनएका एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदीप न्यौपाने साउथ चाइना क्षेत्रका लागि चेम्बर अफ कमर्सको प्रतिनिधि नियुक्त भएका छन् । चीनको मुख्य व्यापारिक केन्द्र रहेका ४ वटा प्रदेश (ग्वाङ्सी, हाइनान, ग्वाङदोङ र फुजियान)का लागि चेम्बर अफ कमर्सको प्रतिनिधिका रूपमा सम्पूर्ण कामकारवाही गर्ने र त्यस क्षेत्रमा चेम्बर अफ कमर्सलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी न्यौपानेले पाएका हुन् ।

    त्यहाँ हुने ट्रेड फेयरहरूमा व्यापरिक प्रतिनिधित्व गर्ने र नेपाल तथा चीनको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने अवसर न्यौपानेले पाएका छन् । उनलाई चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

    पछिल्लो समय नेपालको खेल क्षेत्रमा एकछत्र राज गर्दै आएको केल्मी ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता कामरु ट्रेडिङका प्रबन्ध निर्देशक समेत रहेका न्यौपानेले कोभिड महामारीका समयमा चीनसहित विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री सहयोग नेपाल भित्र्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images