images
images
  • सम्बन्ध विच्छेदपछि एक चिनियाँले मानिसहरुमाथि चलाए कार, ३५ जनाको मृत्यु

    काठमाडौं – चीनको जुहाइ शहरमा एक व्यक्तिले मानिसहरुमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको छ ।

    ती व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका हुन् ।

    यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् ।

    ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् ।

    चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् ।

    उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट थिए । त्यसैले उनले यो घटना गराएको हुनसक्ने आशंका छ । तर उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न भने सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images