images
images
  • दक्षिण कोरियामा संकटकाल : संसद भवनमा छिर्‍यो शेना, सडकमा चर्कियो आन्दोलन

    काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपतिले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै दक्षिण कोरियामा शैनिक शासनको घोषणा गरेसँगै कोरियाली शैनिक संसद भवनभित्र प्रवेश गरेको छ ।

    विपक्षी पार्टीसँगै सत्तारुढ दलले समेत राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् । उनीहरुले उक्त घोषणाको विपक्षमा सशक्त आवाज उठाएपनि शैनिकले भने मार्शल ल अनुसारको व्यवस्था कार्यान्वयन गराउन सुरु गरिसकेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार अहिले कोरियाली सडकमा शैनिक शासनको विरोध भइरहेको छ । हजारौ मानिसहरु संसद भवन बाहिर जम्मा भएका छन् ।

    ‘मार्शल ल’ भनेको सङ्कटका बेला गरिने सैन्य अधिकारीहरूको शासन हो र यसको अर्थ सामान्य नागरिक अधिकारहरू निलम्बन हुन सक्ने अर्थ लाग्छ ।

    योन्हापका अनुसार ‘मार्शल ल’ उल्लङ्घन गर्नेलाई पक्राउ पुर्जी बिना नै पक्राउ गर्न सकिन्छ ।

    त्यसबाहेक सञ्चारमाध्यम र प्रकाशकहरू पनि ‘मार्शल ल’कै नियन्त्रणमा आउँछन् भने संसदीय गतिविधिमा पनि रोक लाग्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images