काठमाडौँ । कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गरेकी छन्।
भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकाको स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिङ्गालाई हस्तान्तरण गरेका छन्।
कोरोना प्रभावित देशमा अमेरिकाले उपलब्ध गराउने खोपमा नेपालको नाम नरहेको भन्दै खतिवडाको आलोचना भइरहेको छ।
खोपका लागि राष्ट्रपति भण्डारीले आफै चीन, अमेरिका, भारतका समकक्षीहरुसँग आग्रह गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्