काठमाडौं- जुम्लाकाे पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्। हिजाे दिउसाे ३ बजे पातारासीकाे बागजाले पाटनमा परेकाे चट्याङले ८० भेडाबाख्रा मरेकाे पातारासी गाउँपालिकाका पशु प्राविधिक हरि कामीले जानकारि दिएका छन्।
पातारासी गाउपालिका ४ लुम गाउँका ५ जना भेडापालक कृषकका भेडा मरेका हुन। बथानमा भएका ३८० मध्य ८० भेडा मरेका छन् भने ३०० सय भेडा हराइरहेका छ्। पातारासी ४ लुमका जाेरा राेकायाका भेडा १८, राम ब रेउले का २२, शङ्कर नेपाली का १०, धर्म रेउले का २० र मान ब राेकायाका भेडा १० गरि ८० भेडा मरेकाे प्रहरी चाैकी डिल्लिचाैर का प्रमुख बुद्दि साउदका ले जानकारि दिएका छन्।
बगालनै रित्ताे भएपछि भेडापालक चिन्तित भएका छन्। क्षतिपूर्ति का लागि उनिहरुले हारगुहार गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















