images
images
  • निर्धारित समयमा निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको बताएका छन् । त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको पनि बताए ।

    ओलीले निर्वाचन तोकिएकै समयमा हुने जिकिर पनि गरे । निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । “सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ,” उनले भने ।

    सरकारले संसद विघटन गरेर कार्तिक २६ र मंसिर ३ गते घोषणा गरेको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सहि दिशामा अघि बढिरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

    “लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै, मुलुकको आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भएको छ । आर्थिक वृद्दिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भइ अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्पछिको पुनः निर्माण कार्यले सार्थकता पाउनु, सेवा प्रवाहमा व्यापकताका साथ जनतामा सन्तुष्टि बढ्दै गइ विश्वास वृद्धि, विकास, संवृद्धि तथा सुशासनका सबै आयामहरु तथा विश्वव्यापी परिसूचकहरुमा उल्लेख्य सुधार आउनुले मुलुक सहि दिशातिर अघि बढेको स्पष्ट हुन्छ,” ओलीले जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images