काठमाडौं– सुर्खेतमा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै ३३ वर्षीया श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् । उनको श्रीमतीको नाम खगिसरा घर्ती रहेको छ ।
शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । चक्कु प्रहार गरी श्रीमतीलाई घाइते बनाएको प्रहरीलाई खबर आउने वित्तिकै प्रहरी त्यहाँ खटिएको थियो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हिराबहादुर पाण्डेका अनुसार खगिसराको अहिले कर्णली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । ‘उनी टाउको, घाँटी, कुमको पछाडी दुबै हातमा चोट लागेकाले बोल्न सक्ने अवस्थामा छैनन्,’ उनले भने । तिलबहादुरलाई चक्कुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।


विश्व खबर 




















