images
images
  • पहिरोका कारण चुरे क्षेत्रका बस्ती जोखिममा

    काठमाडौं– बुटवल उपमहानगरपालिकाको चुरे क्षेत्र ज्योतिनगरमा पहिरोले क्षति पुर्‍याएको छ । बुटवलको उत्तरी भेगको ज्योतिनगरमा मंगलबार आएको पहिरोले दुई घरमा पूर्ण रूपमा क्षति भएको छ भने अरू २२ घरमा आंशिक क्षति भएको छ । साथैं पहिरोले लेदोसहितको ढुंगामाटो बस्तीमा ल्याएको छ ।

    वर्षाको भलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो । स्थानीय पार्वती अर्यालले भनिन्, मानवीय क्षति नभएपनि दुई दर्जन घरमा बस्न नसक्ने गरी क्षति पुगेको छ ।

    उपमहानगरले बस्ती जोगाउन केहीदिन अगाडिबाट पानीको भल तर्काउने कामको सुरुवात गरेको थियो । तर त्यसले झन् लेदोसहितको ढुंगामाटो बस्तीमा ल्याएको स्थानीयको भनाइ छ ।

    चुरेको काखमा रहेको ज्योतिनगरको बस्तीमा गत वर्षदेखि पहिरो खस्न थालेको हो । पहिरोले पुरेका क्षेत्रमा हाल जेसीबीको सहाराले ढुंगा पन्छाउने काम भइरहेको छ ।

    pahiro1 e1656415715439

    गत वर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मीनगर, ज्योति नगर, मिलनपथका स्थानीयलाई फेरी चुरेबाट लेदो बग्न सुरु गरेपछि त्रास बढेको हो ।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले केही घरहरू क्षति भएको भए पनि सबै विवरणका लागि इन्जिनियर पठाइएको जानकारी दिए । पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिँचाइ र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताइए छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images