काठमाडौं– नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन् ।
तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका वामदेवले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ । त्यसो हुन नसके नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्ति मार्फत जनाइएको छ ।
“यस पार्टीको सबभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिस्ट पार्टीलाई फेरि पुनर्गठन गर्नु हो,” विज्ञप्तिमा उल्लेख छ, “यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य रहेको छ ।”
कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा यी तीन पार्टीहरूसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) समेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने जनाइएको छ ।
हेर्नुहोस पूर्णपाठः
























