काठमाडौं- नेपाल प्रहरीमा १७ जना डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त एसएसपीमा बढुवा हुन दौडधुप सुरु भएको छ । १७ डीआईजी बढुवा सदर भए प्रहरीमा ३२ जना एसएसपी दरबन्दी रिक्त हुनेछ । केही दिनमा एसएसपी बढुवाको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ ।
रिक्त दरबन्दीमा बढुवा हुन एसपीहरूले दौडधुप सुरु गरेका छन् । उनीहरूले शक्ति केन्द्र धाएर वरीयतामा अगाडि आउन खोजेका छन् ।
बढुवाको पहिलो नम्बरमा एसपी दिल्लीराज विष्ट र दोेस्रोमा गणेश चन्द छन् । उनीहरू सिनियर ब्याचका एसपीहरू हुन् ।
यसबाहेक राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर ०५८ बाट नेपाल प्रहरीमा प्रवेश गरेका तीन ब्याचका १८ जना र नेपाल प्रहरीकै तीन ब्याचका १६ जना एसएसपीको दौडमा छन् ।
यस्तै, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, सञ्जीव शर्मा दास, विमल बस्नेत, मनोज यादव, दिलिपसिंह देउवा एसएसपीको छन् ।
२०५४ मा राष्ट्रिय अनुसन्धान विभागबाटै प्रहरी सेवामा प्रवेश गरेका विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव, शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्ती पनि एसएसपी बन्ने दौडमा छन् ।
एसपी राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल र दानबहादुर कार्की, राजेन्द्रप्रसाद भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, दिनेशराज मैनाली, सुदर्शनप्रसाद कोइराला, दिनेशकुमार आचार्य, अरुण पौडेल, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, लोकेन्द्र श्रेष्ठ, विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्र सिंह राठौर सविन प्रधान, भूपेन्द्र खत्री पनि बढुवाको लाइनमा छन् ।
पछिल्लो समय प्रहरीले शक्ति केन्द्रको दबाबमा वरीयता मिचिँदै आएको छ । त्यसैले, पनि बढुवामा ढुक्क हुने अवस्था नरहेको प्रतिस्पर्धी एसपीहरू बताउँछन् ।






















