images
images
  • भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई ‘ ब्ल्याक डे’ घोषणा गर्न चिकित्सक संघको माग


    काठमाडौं । नेपाल चिकित्सक संघले नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई ‘ब्ल्याक डे’ घोषणा गर्न माग गरेको छ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले कोभिड महामारीमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको पछिल्लो घटनाले आत्मबल कमजोर बनाउने काम गरेको जनाएको छ।

    दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न पनि आग्रह गरिएको छ।

    संघले त्यस घटनालाई ‘ब्ल्याक डे’का रुपमा घोषणा गर्न पनि माग गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर ध्यान दिन आग्रह गरेको छ।

    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सक तथा नर्समाथि हात पारेका थिए। आफुहरुले भागेर ज्यान बचाएको नर्सहरुले बताइरहेका छन्।

    Beg Sang

    प्रतिक्रिया दिनुहोस्
    images
    images