images
images
  • चीनबाट २ लाख खोप आइतबार आउँदै, साता-दश दिनमै खोपको ब्रेक थ्रु हुने : परराष्ट्रमन्त्री ज्ञवाली


    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिडविरुद्धको खोप साता-दश दिनमा ‘ब्रेक थ्रु’ हुने बताएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार गरेको भर्च्युअल अन्तर्क्रिया कार्यक्रममा उनले विभिन्न मुलुकसँग खोप खरिद वा अनुदानको विषयमा कुरा भइरहेको स्पष्ट पारेका छन् ।

    उनले भने, ‘मैले यति भन्छु साता दश दिनमा खोपको विषयमा ब्रेक थ्रु हुन्छ।’यस्तै चीनले नेपाललाई अनुदान स्वरुप उपलब्ध गराउन लागेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार काठमाडौँ आइपुग्ने उनले बताए।

    उनले भने, ‘तिब्बतबाट ल्याउन लागिएको २ लाख डोज आइतबार नेपाल आइपुग्ने छ। भने बाँकी आठ लाख खोप जुन २ तारिखभित्र ल्याइने छ।’

    चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भएलगत्तै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो।ज्ञवालीले नेपाल खोपका लागि अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि तयारी सुरु बताएका छन्।

    उनले भने, ‘खोप खरिदका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ छुट्याइसकेको छ। हामीलाई अमेरिका, बेलायत लगायतका देश खोप दिनका लागि सकारात्मक रहेका छन्। सन् २०२१ को अन्तिमसम्म लक्षित समूहलाई खोप दिने लक्ष्य अनुसार हामीले विभिन्न देशमा पहल गरिरहेका छौँ।’

    नेपालमा १४ माघबाट खोप अभियान सुरु भएको थियो। भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएपछि नेपालमा खोप अभियान सुरु भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images