काठमाण्डौं– पेट्रोलियम पदार्थको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागका अनुसार आज आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।
यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको विभागले जनाएको छ।
यस्तो छ घटेको भाडादरः
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/मिति२०७९।०३।१२-नयाँभाडादरसम्बन्धिअत्यन्तजरूरीसूचना.pdf
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















