२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

शुक्रबार नेपालमा थपिए ६ हजार ९५१ कोरोना संक्रमित,९ हजार ८४१ जना निको

नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना पुष्टि, १ सय ४५ को मृत्यु


काठमाडौं । शुक्रबार नेपालमा कोरोना भाइरसका ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।

निको हुने संख्यामा वृद्धि भएको छ । ९ हजार ८४१ जना निको भएका छन् । निको हुने दर ७८.०७ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कूल मृत्यु संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n