images
images
  • करिब ४ लाख भारू सहित विमानस्थलबाट एक व्यक्ति पक्राउ

    काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपाली करिब ४ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।

    त्रिभुवन विमानस्थल प्रहरीले तनहुँको ब्यास नगरपालिका-१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो ।

    उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएकाले पाण्डेका साथमा भेटिएका कारण उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठले बताए ।

    पाण्डे नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए । उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images