
काठमाडौं- नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।
कर्णाली र सुदूरपश्चिम आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।
यो चलचित्रले चिसा मानिसहरुको कथा भन्छ । चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् ।
चलचित्र ‘बुलबुल’मा फरक भूमिका निर्वाह गरेर दर्शक र समीक्षकको साथ पाएकी स्वस्तिमाको ‘चिसो मान्छे’ लुकले नयाँ परिचय दिने देखिएको छ । उनी यो चलचित्रमा सुदूरपश्चिमकी एक महिलाको भूमिकामा देखिएकी छन् ।
‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो। फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्याउँदाकाे कथा समेटिएको छ।
प्रतिक्रिया दिनुहोस्