images
images
  • स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.पौडेल नियुक्त


    काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त भएका छन्

    कोभिड १९ महामारीपछि नियमित अपडेट गर्ने जिम्मेवारीका कारण चर्चामा रहेको बेला स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

    यसअघिका प्रवक्ता डा=जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुख भएपछि उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो ।

    यसअघि पौडेल कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images