images
images
  • रुससँग इन्धन किन्न श्रीलङ्का तयार

    चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ ।

    एसोसिएटेड प्रेस ९एपी० सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताउनुभएको छ ।

    युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताउनुभएको हो ।

    बाह्य ऋण बढिरहेको भए पनि उहाँले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images