काठमाडौं – अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा चार, गण्डकी प्रदेशमा पाँच, कर्णाली प्रदेशमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको हो ।
विपद्मा परी चार जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विपद्का घटनामा परेका तथा जोखिममा रहेका गरी हालसम्म एक हजार २८४ जनाको उद्धार गरिएको छ ।
प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने कामसमेत गरिरहेको जनाएको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, विभिन्न सरकारी निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार तथा राहतका काम भइरहेको प्रहरीले जनाएको छ ।


विश्व खबर 


















