images
images
  • मनाङको हिम्लुङमा हिमपहिरो, एक दर्जन आरोही तथा सहयोगी बेपत्ता

    काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा करिब एक दर्जन आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन् ।

    आइतबार बिहान हिम्लुङ हिमालमा हिमपहिरो गएको हो। हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन जना हिमपहिरोपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हिमाल आरोहण टोलीमा नौ जना पर्वत आरोही र १३ जना सहयोगी कर्मचारी रहेका थिए। हिमपहिरोपछि उनीहरूमध्ये करिब एक दर्जनको अवस्था सम्पर्कमा आउन सकेको छैन ।

    घटनाबारे थप विवरण संकलन तथा बेपत्ताको खोजीका लागि सुरक्षा निकायले आवश्यक समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images