के तपाईंको मुखको दुर्गन्धले छेउछाउका व्यक्ति आफ्नो नाक थुनेर तपाईंसँग कुरा गर्छन् ? मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिप्रेसनमा हुन्छन्। त्यसैले योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोग पत्ता लगाउन मद्दत गर्छ। आफ्नो श्वास आफैंलाई गनाउने भयो भने दन्तचिकित्सकसँग सल्लाह लिनुपर्छ।
मुख गनाउँदा यी कुराहरुमा ध्यान दिनुहोस्
-मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।
– पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।
-टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।
-कफी र गुलियो खानेकुरा कम गर्ने।
-सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।
-नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा गर्ने।
-एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।
-खाना खाएपछि कुल्ला गर्ने।
-गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने।
-गिजा सुन्निए उपचार गर्ने।
-पिनास, टन्सिलको उपचार गर्ने।
-धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।
– घाउरखटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।
– मुखमा अम्लको मात्रा आउन नदिने।
-धेरै तातो र धेरै चिसो नखाने ।


विश्व खबर 




















