images
images
  • अमेरिकी सैन्य कमाण्डर किन जाँदैछन् सगरमाथा ?

    काठमाडौं- अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्।

    उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ ।

    चार दिनको भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

    शुक्रबार नै जङ्गी अड्डाको भ्रमण गर्दै फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। भेटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

    भ्रमणतालिका अनुसार फ्लिन आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यसपछि शिवपुरी जानेछन्। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    फ्लिन आइतबार नै स्वदेश फर्किने नेपाली सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images