images
images
  • शेयर बजार सुधारको मागसहित लगानीकर्ता आन्दोलित

    काठमाडौं- शेयर बजार सुधार गर्नु भन्दै शेयर बजार लगानीकर्ताहरूले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

    पुँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा सहभागीहरूले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर्, सीसीडी रेसियो कामय गर्, शेयर धितो कर्जामा जोखिम भार कम गर् लगायएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। पुँजीबजार सुधारका लागि नियमनकारी निकायहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको उनीहरूको आरोप छ।

    पुँजीबजार सुधारका लागि आफुहरूले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images